Home » Recent articles » पैसा तिर्नपर्ने रिसर्च पेपर सित्तैमा कसरी डाउनलोड गर्ने ?

के तपाइले कुनै विदेशी जर्नलका रिसर्च पेपर डाउनलोड गरेर पढ्न खोज्दा पैसा तिर्नपर्छ भनेको कारणले पढ्न पाउनुभएको छैन ? एउटा पेपर पढ्न ३००-४०० डलर सम्म तिर्न पर्ने भनेको वा संस्थागत लग इन गर भनेकाले त्यो पढ्न पाउनुभएको छैन ? हिनारीको पासवर्ड लाइब्रेरियनसंग माग्दा माग्दा दिक्क हुनुहुन्छ ?

ल ढुक्क हुनुहोस यी सबै प्रश्नको समाधान यहाँ छ ।

काजगीस्तान्की ३० वर्षीय सफ्टवेर डेभ्लपर अलेजेन्द्रा इल्बाक्यानले तपाइँ हामी जस्तै गरिव देशका नागरिकहरुलाई भनेर एउटा साइट बनाएकी छिन । टोरेन्टबाट फिल्म डाउनलोड गरेझै फुल टेक्स्ट डाउनलोड गर्न नमिल्न्ने लगबग सबै आर्टिकल यो साइटबाट डाउनलोड गर्न सकिन्छ ।

ल हेर्नुहोस कसरी डाउनलोड गर्ने:

१. www.sci-hub.tw मा जानुहोस । यसको डोमेन ब्लक गर्दिरहने हुनाले .tw .hk आदि परिवर्तन भइरहेको हुन्छ ।

१. आफुलाई चाहिएको आर्टिकल पब मेडमा सर्च गर्नुहोस ।

२. त्यो आर्टिकलको doi वा PMID कपी गरेर लगेर साइ हबको सर्च गर्ने ठाउमा पेस्ट गरिदिनुस ।

३. अनि open बटनमा थिच्नुहोस ।

४. माथि देखाइए जसरी आर्टिकल खुलेसी सेभ वा डाउनलोड गर्नुहोस ।

यसरी आफुलाई आवश्यक पर्ने प्राय सबै लेख र पेपर हरु डाउनलोड गरेर आफ्नो ज्ञानको दायरा बढाउनुहोस ।

अनि हामीलाई यसरी सजिलो बनाइदिएकोमा अलेजेन्द्रालाई धन्यवाद दिन चै नबिर्सनु नि ।

Post Tagged with , ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com