Home » Old Blog » जलेका अक्षरहरु…..

“धत् पढ्ने किताव पनि जलाउनु हुन्छ त लाटा? किताव जलाए पछि त पढेर दिमागमा रहेका कुरा पनि सबै जलेर खरानी भैहाल्छ नि ।”

रामेले हत्त न पत्त अँगेनोको किताव चिम्टाले झिकेर छेउमा मिल्कायो । लगबग आधा भन्दा बढी जलेर खरानी भैसकेका थिए । बाकि पनि जल्दै थियो, उसले लोटामा पानी सारेर जलिरहेको कितावमा खत्याइदियो, किताव च्वाइ गर्यो, दुखेर चिच्याएको जस्तै । ५ कक्षामा पढ्ने रामेले एक साल अघिको अंग्रेजी र सामाजिक विषयको किताव अँगेनोमा हालेर डढाउदा उसको हजुरबुबाले उसलाई गाली गर्नुभएको थियो । त्यस दिन रामको होस हवासै उढेको थियो, मन ठेगानमा थिएन ।

BlazingLetter62980

खाना खाइहोरी ऊ सुत्यो । राती उसको सपनामा ति जलेका पानाका अक्षरहरु आए । क, ख, ग, घ….. a, b, c, d….. आदि सबै हुल बाँधेर आए । ति अक्षरहरु डढेर काला ध्वासा जस्ता भएका थिए । मुस्किलले आकारमात्र चिनिन्थ्यो । राम डरले थरथर काप्दै थियो । ति काला हेर्दै डरलाग्दा अक्षरहरु नजिकै आए, तर आश्चर्य ति अक्षरहरु रोइरहेका थिए, वरवर आशु झारीरहेका थिए र भन्दै थिए:

“राम, तिमीले पनि हामीलाई जलायौ है ।”

“आज हामीजस्ता अक्षरहरु दिनदिनै जल्न वाध्य छौं, कसैले सिधै आगोले जलाउछन त कसैले हामीलाई आफ्नो गोटी बनाएर जलाउछ्न, तिमीले पनि त्यहि गर्यो ।”

“सिधै आगोमै जल्न पाए त वेस हुन्थ्यो वरु, छियाछिया पारेर अधपिल्टो पारेर खेलाई खेलाई मार्छन ।”

“ज्ञानको ठेलीमा बस्ने र उज्ज्यालो ज्योति छर्ने हामीजस्ता अक्षरहरु आज कतै पोलिएका छौं, कतै पेलिएका छौं, हामीलाई सर्कसको खेलौना बनाएर मान्छेहरु आफु मालिक भएका छन् ।”

“हामी अक्षरहरुले कतिलाई विद्वान बनाएका छौं, हामीलाई कितावमा उतारेर कति नामी भएका छन्, तर आजभोलि हाम्रो अवमुल्यन भएको छ, खेस्रा कागजका खोस्टाहरुमा लेखिने मुल्यहिन वस्तु भएका छौं हामी ।”

“हामी कतै झगडाको बिउ भएका छौं त कतै युद्दको निउ, आजभोलि हामीलाई ज्ञान बाँढन होइन मान्छे भाड्न प्रयोग गरिदैछ ।”

“राम, अब तिमी बोल्नुपर्छ हाम्रो निम्ति, हामी अक्षरहरुको खातिर, हाम्रो माध्यमबाट बन्न सक्ने शिक्षित, सभ्य र सुन्दर समाजको वहाक तिमी हुनुपर्छ ।”

रामले धेरै कुरा त बुझेन, तर जति बुझ्यो राम्रोसंग बुझ्यो, अनि चिच्याउदै भन्यो:

“हो म बोल्छु अव अक्षरहरुको निम्ति, म बोल्छु अक्षरहरुको निम्ति ।”

एक्कासी ऊ निन्द्राबाट विउझियो, तैपनि ऊ चिच्याऊदै थियो: “म बोल्छु यी जिउदै जलाइएका अक्षरहरुको निम्ति, म बोल्छु म बोल्छु ।”

***

पिलग्रिम्स बुक हाउसमा जलेको पुस्तकहरु (तस्विर: सेटोपाती )

पिलग्रिम्स बुक हाउसमा जलेको पुस्तकहरु (तस्विर: सेटोपाटी )

हिजोभर्खर ठमेलको पिल्ग्रिम्स बुक स्टोरमा आगलागी भएर हजारौ पुस्तकहरु दनदनी वलेर खरानी भएछन । त्यो दुखद समाचार पढ्दै गर्दा मेरो मनासपटलमा यो काल्पनिक घटनाले डेरा जमाउन पुग्यो । यध्यपि यी दुई घटनाहरु नितान्त फरक प्रसंग थिए । एउटा वालकको अर्धचेतन बुद्दीले गरेका उत्फट्यांग थियो भने अर्को दुर्भाग्यवस घटेको दुखद घटना । तर दुवैमा कितावका पानामा उतारिएका अक्षरहरु जलेका थिए, शब्दहरु जलेका थिए, अनि वाक्यहरु जलेका थिए । वाहिर देख्दा अक्षरहरु मात्रै जलेको देखिए पनि त्यहाँ कसैको भावना, कल्पना र यथार्थ पनि जलेको थियो, ति सबै खरानीको धुवासंगै आकासमा विलय भैरहेको थियो ।

 

अव फेरि अक्षरहरु नजलुन्, मान्छेका भावनाहरु नजलुन् ।

2 Responses so far.

  1. Aashish Sigdel says:

    वास्तवमा अक्षरहरु एती शक्तिशाली हुन्छन्।।। एश्ले मानव लाई क्ष्णभरमै पारीमार्जित गर्न सक्छ!
    तर बिडम्बना
    मानव एश कुरा प्रती कति सजक छ या
    उश्ले कुन ढंगले यि कुराहरु लाई सुइकार गर्छ?
    राम्,केबल येउटा प्रतिनिधि पात्र मात्रै हो- बिद्यमान हाम्रो समाजको? यधपी, उश्को मस्तिक्स अझै अबोध छ!
    उश्ले त सिक्न सक्यो भनी हामी किन सचेत नहुने एश्-कुरा प्रती??
    अत्यन्तै राम्रो-शुभ लेखन!
    एकदमै छोयो!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com