Home » Old Blog »

हिजोको म र आजको म,
समयसँगै हराएको म,
कहिले एता कहिले उता,
भौतारिदै चित्कारले कराएको म ।

एक्लो जीवनवाट बिरक्तिएको म,
कालो बादलमा रुमल्लिएको म,
कसलाई सुनाँउ यो मेरो ब्यथा,
खोक्रो भएर रित्तिएको म।

लक्षबिहिन जीवन जीइरहेको म,
फिक्का भएर उदाङ्गिएको म,
अनिश्चित भबिष्य पछ्याउदै गर्दा,
काँडै काडाको बिचमा अल्झिएको म ।

तर पनि अझै बिचलीत भएको छैन म,
किनकी,

आशुको बिचबाट हासो खोज्ने म,
दृढ आत्मबलको साथ लड्ने म,
दत्तचित्त निरन्तर लागि परी,
असफलताको भुमरीबाट सफलता रोज्ने म ।

अनिश्चितताको भुमरी तोड्न सक्ने म,
बाधा अड्चनसँग सिगौरी खेल्ने म,
आफु आफ्नै संसारमा रमाउदै,
बिजयपथमा लम्कन बढ्ने सक्ने म ।

त्यसैले हरेश नखाउ, अघी बढौ, शिखर अवश्य पुगिन्छ ।
हजार माइलको लामो बाटो, एक पाइला बाट सुरु हुन्छ!! 🙂

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com