Home » Old Blog » सेतीको बाडी ….

आज सेती रिसाएकी छिन । सधै छ्ङ्छग आवाजले पहराको खोचबाट लडीबुडी गर्दै निसन्देह बहने सेतीमा आज बाडी आएको छ । त्यो सफा कन्चन सेतो पानी धमिल्लिएको छ, छेपारोले झै आज सेतीले पनि रुप फेरेकी छिन । अन्नपुर्णबाट फुटेको हीमतालले आज सेतीको स्वोरुप धमिलो कालीमा बदलदिएको छ ।

ठिक दीउसोको १२ बजेतिर म रामघाटको सेती कीनार पुग्दा मानिसहरुको आवतजावत निकै बाक्लो थियो, कुनै मेला लागेजस्तो । डीलबाट मन्छेहरु खुब वाल्ल परेर चियाइरहेका देखिन्थे । ठेलमठेल गर्दै छेउमा पुगेपछी पो देखे, घनघोर गर्जनका साथ सेती उर्लिरहेकी थिइन, बगाएर ल्याएका सामानहरु तैरिदै थिए । बगर पुरै ओसिएको थियो असारमासको फाँटझै, पहिला भन्दा बहाव केहि कम भएको अरे । अलि पर केहि युवाहरु काठको मुडा वगरबाट घिसार्दै कुनातिर लागिरहेको देखिन्थे । उनिहरुलाई त फाइदै भएछ यो बाडी आएको, सायद घरमा गयास सकिएको थियो होला । दुइ चार जना प्रहरीजस्ता देखिने मान्छेहरु बगरमा
कुन्नी के हो खोज्दैथिए । हतारिदै आएका एउटा अधबैशे पुरुषको ठेलाईले म हच्किए, अनि लौ हेर्नुस भनेर कुनातिर आए ।

सेतीमा देखिएको दृश्य

उर्लीरहेको त्यो धमिलो सेतीको पानीमा मैले प्रकृतिको एउटा स्वभाविक क्रोध पाए । कयौ दीनदेखिको गावीएर रहेको रिसको पोको छताछुल्ल भएको अनुभब गरे । त्यो भेलमा सेती र हिमतालको भङ्गालो मात्र मिसिएको छैन, सिङ्गो प्रकृतिको मानव जगत प्रतिको क्रोध पनि झल्किएको छ । वनविनासको चित्कार र तातेको पृथ्बीको भु सतहको चिड्चिडहाडको प्रतिनिधित्व गर्छ यसले । चुस्दाचुस्दै खोक्रो भएको प्रकृति जुर्मुराएको संकेत गर्छ यसले । यहाँ हिमताल मात्र फुटेको छैन, कालापथ्थर देखि कोपेन्हेगन सम्मको यात्रा र यसको सार्थकता फुटेको छ ।

बिचार गरौ यो भेल हामी कसैको घरमा नी पस्न सक्छ, र हामी जो कोही पर्न सक्छौ प्रकृतिको फन्दामा । त्यसैले लागौ आजै देखि यो वातावरण, यो हरियाली र यो वासस्थान जोगाउन । हाम्रो यो साझा पृथ्वी लाई बचाऔ!!
सक्छौ सपारौ, सक्दैनौ नबिगारौ!!

(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) return;
js = d.createElement(s); js.id = id;
js.src = “//connect.facebook.net/en_US/all.js#xfbml=1”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

One Response so far.

  1. […] सेतीको बाढीको बारेमा मैले लेखेको अर्को लेख पढ्न यहाँ क्लिक गर्नुहोला: सेतीको बाढी… […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com