Home » Old Blog » मेरो भुडी, जय भुडी!!

सबै भन्छन भुडी मेरो साह्रै ठुलो भयो,
यही भुडीको बारे सोच्दै धेरै दीन गयो ।

पहिला निकै सानो थियो हेर्दा सुहाउने,
अहिले बढी ठुलो भयो कती खुवाउने ।

हिड्दा कुददा अफ्ट्यारो नी हुने भयो गाह्रो,
यो भुडीले लौन मलाई पारीसक्यो सारो ।

घटाउने उपाए पनि नगरेको हैन,
जती कोसिश गरे पनि भएको केइ छैन ।

यता गयो उता गयो यही भुडीको कुरा,
भुडी घटाउने इच्छा मेरो कैले होला पुरा ।

साथीभाइ जिस्काइ भन्छन भुडे भुडे भनी,
भुडी घट्ने आशमा म बस्दैछु दिन गनी ।

एकदीन त म पनि हुँला स्लीम र फीट,
देखाइ हिड्ने अरुलाई हास्दै खीत खीत ।

जे भए नी जस्तो भए नि प्यारो आफ्नो भुडी,
हिड्दै छु म अघी बढी भन्दै जय भुडी, जय भुडी!! 🙂

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com