Home » Old Blog » बिगतका मेरा सिर्जना!

करीब ५ बर्ष अघी कक्षा ७ मा पढ्दा खेरी तत्कालीन समय र परिस्थितिमा मेरा मनमा पोखिएका भवानाहरु ।

पुनस्च: यी कविताहरु नवारज लम्साल द्वारा संचालीत रेडियो नेपालको साहित्यीक कार्यक्रम “मधुबन” मा मेरै आवाजबाट प्रसारीत भएको थियो!

“हाम्रो देश नेपाल”

ढाका टोपी सिरैमा झम्झम इस्टकोट,
उपकारी गुणी जस्तै पिपलुको बोट,
कहिले नझुकेको यो नेपालीको शिर,
एकत्रीत भाई फैलिएको यो देशको तीर ।

लालीगुरास फुलको गीत डाफे चरी गाउछिन्,
सगरमाथा कंचनजङ्गा यही देशमा छाउछिन्,
विर गोर्खालीहरुको हो यो पुर्ख्यौली थलो,
हतियार हो हाम्रो यही कोदाली र हलो ।

अमर पुर्खाहरुको यो हीफाजत नासो,
मातृभुमिको निम्ती हामी चड्न तयार पासो,
सहिदको रगतले सिँचिएको यो माटो,
स्वोर्णीम छ हाम्रो देशको एतिहासिक पाटो!

नेपाली भनी भएकाछौ विशोभरी नामी,
सबै मिली अघी बढौ देश बनाउन हामी ।

पुरुषोत्तम अधिकारी
२०६३-०६-२९
बालाजु, काठमान्डौ

“लोकतान्त्रीक गणतन्त्र”

आयो लोकतन्त्र भनीकन कहे
सारा जनका तना मनले,
तर पुगेको छैन भ्रस्ट नेतालाई
अझै जनताको धनले ।

चेतनाको लहरहरु ब्युझे
जनताको हृदयभित्र,
यो लोकतान्त्रीक गणतन्त्रले,
देखायो लीला बिचित्र ।

अव चेतनाका लहरहरु
सर्बत्र फैलिन थाले,
निरन्कुस्ताका पक्षधरहरु
भौतारीदै हाम फाले ।

ओर्लिए जनसागर देशका
कुनाकाप्चामा पनि,
सुकाउन खोज्यो जनसागरलाई
अनेक षडयन्त्र गरी ।

जती दमन गरेपनि
कसैको लागेन केहि सीप,
हुने हार दैब नटार भनेझै
आखिर जनताकै भयो जीत ।

सबै बर्ग समुदायलाई
समान हुने यो लोकतन्त्र,
लोकतान्त्रीक गणतन्त्रानै
हरेक नेपालीको मुल मन्त्र!!!
पुरुषोत्तम अधिकारी
२०६३-०५-०९
बालाजु, काठमान्डौ

One Response so far.

  1. Birat says:

    Keep it up mero yar.
    Very good.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com