Home » Old Blog » एउटा ओइलाएको फूल र रित्तिएका भावनाहरु….

हेमन्तको शिरेटो र शिशिरे तुसारो पछिको वसन्तमा फक्रीएको त्यो फूल, मनै लोभ्याउने, नतमस्तक पारीदिने । हेर्दा लाग्छ टपक्कै टिपेर शिरैमा सिउरीदिउ अथवा अङ्गालोमै टमक्क वेरिहालु । वास्तवमै मनमोहक, शोभायमान, कुनै अप्सरा स्वोर्गबाट झरेजस्तै, यत्रतत्र मधुर सुवास छर्दै, हृदयनै पुलकीत गराउने, त्यस डालीमा फुलेको त्यो फूल । साहेद दुइ, चार शब्दमा बयान गर्न खोज्दा अन्याय ठहरिएला । तर विवशता, आज त्यो फूल ओइलाएको छ । उजाडिएको नाङ्गो पाखोमा जिङ्गृङ्ग जडिएको त्यो फूल, न कुनै सुवास, न कुनै आकर्शण । बाकी छ त केवल सुकेका पातका अवशेशहरु, बिगतका स्मृतीहरु त रित्तिएका भावनाहरु ।

यी हरफहरु कुनै उपन्यासकारले आफ्ना उपन्यासमा लेखेका दर्शनका वाणीहरु होईन, न त कुनै नाटककारका नाटकमा दृश्यले बोलेका कथननै हो । यो त सृष्टीको नियम हो, अकाट्य सत्य हो, प्रकृतिले स्थापना गरेको एउटा नजिर हो । यही सृष्टीको अपरम्पार आत्मसाथ गर्दै यो संसार समयको गतिसँगै निरन्तर अघी बढीरहेको छ । यसको क्रमभङ्ग असम्भव छ । जतिसुकै सुवासका अत्तरहरु फिजाए पनि, ढकमक्क फक्रीएर सोह्र सृङ्गारले युक्त लज्जावती योवनाझै सजिए पनि एकदीन सुख्खा पत्र स्वरूपले भुइ झर्नुनै छ, आफ्नो अस्तित्व र परिचय मेटाउदै । फुल्नुको सार्थकता के रहयो त, अन्त्यमा अनायसै ओइलाईजाने त्यो फूलको ? आज खोइ कहाँ बिलय भए ती सोह्र सृङ्गाररुपी बैशालु उन्माद ?

तर छ सार्थकता, सार्थकता छ!!!! फूल ओइलाए पनि त्यसको स्मृती ताजै छ मन, मस्तिस्क अनि हृदयमा । त्यो अत्तरका सुवासहरु अझै मगमगाइरहेका पहाडका कुना कन्दरामा, र मगमगाइरहनेछन अनन्त काल सम्म । भौतीक उपस्थिती त सकियो त्यो फूलको तर त्यो फूलले अरु हजारौ फूलहरु जन्माएकोछ । त्यसैको सुवासले उज्जेलिएकाहरु अझै रमाउदै छन । कतिलाई नया जीवन प्रदान गरेको छ त्यो फूलले, त्यती मात्र होइन जीवन जिउने कला सिकाएको छ । आउनुहोस यही फूलको जिवन जीउ हामी पनि, अन्त्यमा ओइलाई गए पनि सधै आफु जस्तै सुवासिलो भइ संसारमा वास्ना छर्न, अरुलाई नतमस्तक बनाउन र सबैको प्रीय हुन । की कसो ? 🙂

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com