Home » Old Blog » आखिर के को लागि त यो झरी ?

बहिर  सिमसिम हेरेको १० बजेछ, लौ सुत्नुपर्‍यो भ नी ओछ्यानमा पल्टिए । आज मौसम अलि फ्युजन टाइपको छ, जेठ-असार जस्तो आकासे पानी अनि मङ्सिर-पुष जस्तो चिसो बतास पनि, नहोस पनि किन, वारी बर्ष ऋतु अनि पारी हेमन्त ऋतु, त्यसको बिचको पुलजस्तो बनेको अहिलेको शरद ऋतु । सिरक तानेर न्यनो बनाउने प्रयास गरे, भुसुक्कै निदाइएछ । दिनभरीको थकानले र न्यानो सिरकले गर्दा पनि होला ७ घन्टा निन्द्रादेवीको चरनमा परेपछी बिहान ५ बजेमात्र आखा खुल्यो । झ्यालबाट चिहाएको त अझै पनि झमझम मुसलधारे पानी पो परीरहेको छ बा । यो त अत्ती नै भयो, ईन्द्र भगवानले उहाको पानी पार्ने धारोको टुटी नै बन्द गर्न बिर्सनुभएछ कि क्या हो भनेर सोच्दै उठे । नित्यकर्मपछिको तातो चियाको चुस्की लिदै घोइरिन लागे यसरी चाडपर्वको मुखमा आएर लगातार १२-१५ घण्टा पानी पर्नुको तात्पर्य के हो ? कुन चाही हो एफ. एम. को मौसम समाचारको अनुसार मौसम पूर्वअनुमान महासाखाको अनुसार पुर्वीय वायुको प्रभावले रे, अझै केहि दीन लम्बिन सक्छ अरे । गोलाप्रथाबाट पानी पर्ने वा घाम लाग्ने भविश्यबाणी गरेर पनि ठ्याक्कै मिलाउने भनेर ख्याती कमाएको बिभागको के भर भन्दै आफ्नै मौलिक अनुसन्धान र अन्बेशन गर्न लागे म ।

वास्तभमै किन पर्‍यो त यो झरी ? ? ? ?

कताबाट सुरु गरौ त अनुसन्धान! ए साचै, प्र. म. डा. भट्टराई अमेरिकाबाट फर्के क्यारे, उनैको स्वगात गर्न पो हो की दमदार झरीको साथ आकशबाट पुष्प बृस्टिझै पानी बृस्टी भएर । ही ही, यसो सोछे यो त अलि उरन्ठ्यौलो कुरा भयो, कस्ले पत्त्याउला र! अँ साची आजभोलि जता पनि मिसावटको हल्ला छ, सानोमा पढेको आकासको पानी, खादा हुँदैन कुनै हानी, साहेद ईन्द्र भगवानले जसरी आकाशको पानी कन्चन र सफा भएझै हामीले प्रयोग गर्ने उपभोज्ञ बस्तु पनि त्यस्तै कन्चन र सफा  हुनुपर्छ भन्ने सन्देश वा भ नौ घुमाउरो दवाब पो दिएका हुन की! अब जब पानीको कुरा आउछ, काठमान्डौको पानीको संकट अनि उफ यो लोडशेडिङ्, की ईन्द्रजीले हाम्रो पुकार सुनेर सधै पानीको बर्ष गराइरहने निर्णय गरे हँ ? त्यो कुरा नसम्झौ भने पनि दिमाग मा आइहल्यो, की हिजोको बिमान दुर्घटनाको शोक ?

तर चाडवाडको मुखमा आएर यसरी नन स्टप पानी पर्नुमा ठुलो घुसपैठ हुनुपर्छ । पोजेटीभ तरिकालेनै सोचौ न, शरद ऋतु निस्चल नीलो आकाश, कन्चन र प्रदुशनरहित बातावरणको आगमन । जसरी यो बर्षे झरी र भेलले हाम्रो वरिपरिको वायुमन्डल र पुरै बातावरणलाईनै स्वोच्छ र मनोरम बनाउछ त्यसरीनै हामी पनि स्वोच्छ र सफा मनले यो बर्षको एकपटक आउने चाडपर्ब मनाउ । मनमा सन्कोच र द्वेष नराखी खुला हृदयले सबै माझ भाइचारा र सदभाब राखी यो चाडपर्व मनाउ । हो पक्कै पनि यही सन्देशका साथ हामीलाई अबगत गराउन यो झरी बर्षीरहेको छ । ल हामी सबैले यो कुरा भुझी अनुसरण गरौ है!!

जय झरी
कसैले नगरौ मनपरी
लागौ आफ्नो काममा मेहिनेत गरी
कुदृस्टी र कुबिचार नपालौ मनमा कसैको झालझेलमा परी!!

🙂

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this:
www.000webhost.com